काठमाडौं, ५ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज सकिँदैछ । हिजो (बुधबार) देखि ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा शुरु भएको भेला महत्वपूर्ण निर्णय गर्दै सकिने नेताहरुले जानकारी दिएका छन् ।

पुराना कम्युनिष्ट नेताहरुलाई समेत मञ्चमा उपस्थित गराएर शुरु भएको भेलाको उद्घाटन सत्रमै नेताहरुले अध्यक्ष केपी शर्मा ओलीले नेकपा हुँदै एमालेलाई पनि विभाजन र बिसर्जनतिर लगेको आरोप लगाएका थिए ।

भेलाको पहिलो दिन नेताहरुले एमालेको इतिहास, संगठन र विचारका विषयमा धारणाहरु राखेका थिए । माधव नेपाल समूहको भेलालाई ओली समूहले समेत गम्भीरताका साथ हेरेको जानकार बताउँछन् । प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले पार्टी विधान संसोधन गरी आफूइतरका नेताको जिम्मेवारी खोसेपछि माधव नेपाल समूहले राष्ट्रिय भेला बोलाएको हो ।

भेलामा सहभागी भएका देशभरका नेता–कार्यकर्ताको सुझाव र भावनाअनुसार निर्णय हुने नेताहरुको भनाइ छ । यो समूहले अध्यक्ष ओलीकै अहंकार, आडम्बर र गुटगत कार्यशैलीका कारण एमाले विग्रह र विभाजनको संघारमा पुगेको बताएका थिए । आफूहरु पार्टी, विचार र कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा रहेको बताउँदै नेताहरुले एमाले पार्टीमा धेरै अग्रज नेता–कार्यकर्ताको रगत पसिना र शुभचिन्तको विश्वास अडिएकाले विभाजन रोक्न अन्तिमसम्म क्रियाशिल रहने बताएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *