काठमाडौं, ६ चैत–सत्तारूढ नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएको राष्ट्रिय सभामा एमालेका मुख्य सचेतक खिमलाल भट्टराईले जानकारी दिए।

यसअघि चैत ५ मा पनि प्रधानमन्त्री ओलीले बालुवाटारमै संसदीय दलको बैठक बोलाएका थिए। त्यो बैठकमा उपाध्यक्ष गौतम सहभागी भएका थिएनन्।

उक्त बैठकमा नेपाल–खनाल समूहले बहिष्कार गरेको थियो। सूर्य चिह्न लिएर चुनाव लडेका सबै सांसदलाई बोलाइएको भए पनि ओली इतरको समूह सहभागी भएको छैन।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *