काठमाडौं, ८ चैत–प्रिमियर लिग लिडर म्यान्चेस्टर सिटी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले पराजित गर्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो ।

एभर्टनको घरेलु मेदानमा भएको खेलमा सिटीलाई जित दिलाउन गुन्डोगन र केभि डी ब्रुयनाले समान एक–एक गोल गरे । पहिलो हाफमा गोलरहित बराबरी खेलेको सिटीले दोस्रो हाफमा दुई गोल गर्न सफल भएको हो ।

खेलको ८४ औं मिनेटमा गुन्डोगनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । ९० औं मिनेटमा डी ब्रुयनाले गोल गर्दै टिमलाई २–० गोलको जितसहित अन्तिम चारमा स्थान पक्का गराए ।

यता, एभर्टन भने क्वाटरफाइनलबाट नै बाहिरिएको छ । शनिबार नै भएको अर्को खेलमा साउथह्याप्टन बर्नमाउथसँग ३–० गोल अन्तरले पराजित भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *