दमक, ८ चैत–झापाको दमक–६ मा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १२औं स्थापना दिवस तथा नवनिमित स्वर्णलक्ष्मी कम्लेक्स (कार्यालय भवन) को उद्घाटन गर्ने भएको छ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलको उपस्थितिमा स्वर्णलक्ष्मीले आफ्नो १२औ स्थापना दिवस तथा कार्यालय भवन उद्घाटन गर्ने भएको हो ।
चैत ११ गते, बुधबार दमकस्थित मुख्य कार्यालयमा एक कार्यक्रमबीच १२औं स्थापना दिवस मनाउनुका साथै स्वर्णलक्ष्मीको नवनिर्मित भवनको समुद्घाटन गरिने भएको हो । स्थापना दिवस तथा भवन उद्घाटनको अवसर पारेर संस्थाले यसअघि, नियमित रुपमा संञ्चालन गर्दै आइरहेको आखाँ, दात, नाक, पेट, छाती तथा अन्य समस्याहरु सम्बन्धी बरिष्ठ डाक्टर र अनुभवी चिकित्सले निःशुल्क स्वास्थ्य परिक्षण तथा मान-सम्मानसहित पुरुस्कारसमेत प्रदान गर्ने कार्यक्रम छ ।
विश्वव्यापी फैलिएको कारोना (कोभिड-१९) को संक्रमणले संस्थाको बार्षिक साधारणसभालाई औपचारिक नगरी अनौपचारिक रुपमा गरिएको र सोही अवसरमा बितरण गरिने पुरुस्कारहरुलाई स्थापना दिवस तथा भवन उद्घाटनमा बितरण हुने स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका मुख्य व्यवस्थापक कमल घिमिरेले जानकारी गराउनुभयो । हालै, मात्र संस्थाले मोरङको उर्लाबारी र झापाका शिबसताक्षी–८ झिलझिलेमा सेवा केन्द्र स्थापना गरेर वित्तिय कारोबार गरिरहेको छ ।
झिलझिलेस्थित सेवा केन्द्रमा चैत १० गते बिहान ८ बजे र उर्लाबारीस्थित सेवा केन्द्रमा सोही दिन ११ बजे १२औं स्थापना दिवस मनाउने कार्यक्रम तयारी भएको मुख्य व्यवस्थापक घिमिरेले बताउनुभएको छ । मुख्य व्यवस्थापक घिमिरेका अनुसार सेवा केन्द्र मार्फत स्थानीय उद्यमी, व्यवसायी, सहकारी संस्था, सामाजिक संघसंस्था र सरोकारवाला व्याक्तिहरुबीचमा अन्तरक्रिया, छलफल तथा स्वर्णलक्ष्मीले आफ्नो बित्तिय कारोबार र सेवालाई गुणस्तरसहित प्रभावकारी बनाउने सम्बन्धी जानकारी गराउने उदेश्यसहित कार्यक्रम आयोजना गरिएको छ ।
प्रत्येक बर्ष स्थापना दिवसमा गरिदै आइरहेको स्वास्थ्य परिक्षणसहित रक्तदानलाई प्रभावकारी ढंङ्गले सम्पन्न गर्न प्रचार प्रसार र भवन उद्घाटन कार्यक्रम व्यवस्थापनका सवै कार्यहरु पुरा भइसकेको व्यवस्थापक घिमिरेले जानकारी गराउनुभएको छ ।
