काठमाडौं, ८ चैत–नेकपा एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राईले पद जाने र कारवाहीको डरले जनविरोधी दुष्कार्यसँग सम्झौता नहुने बताएका छन् ।

शनिबार माधवकुमार नेपालसहित चार नेतामाथि कारबाही गर्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णय र ओलीको प्रवृत्तिलाई लिएर उनले आज ९आइतबार० सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया जनाएका हुन् ।

राईले प्रधनामन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले गर्ने कारबाहीले कम्युनिष्ट आन्दोलन नरोकिने पनि बताएका छन् । उनले कारबाहीको डरले निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता नगर्ने बताएका हुन् ।

एमालेको नेपाल–खनाल पक्षका संसद समेत रहेका कारबाही, चुनाव नजित्ने डर, पद जाने डरका कारण सम्म्झौता गर्ने पक्षमा आफूहरु नरहेको बताएका हुन् । न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ भन्ने कुरा आफूहरुलाई राम्रोसँग थाहा भएको उनको भनाई छ । उनले प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिष्ट पार्टीभित्र जन्मिन सक्ने र इतिहासमा धेरै पटक जन्मिएको बताउँदै त्यसले जनताको आन्दोलन, कम्युनिष्ट आन्दोलन नरोकिएको र अब पनि नरोकिने बताएका छन् ।

‘कारबाही हुन्छ, जनप्रतिनिधि पद नि जान सक्छ, आउने चुनाव नजितिएला तर पनि निरंकुशता, प्रतिगमन, जनविरोधी दुष्कार्यसँग कुनै सम्झौता हुने छैन’, नेता राईले फेसबुकमा लेखेका छन्, ‘न्याय, समानता, समाजवादको आन्दोलन लामो र कठिन छ, त्यो राम्रोसँग थाहा छ र यो पनि थाहा छ, प्रतिगामी, प्रतिक्रान्तिकारी, गद्दार कम्युनिष्ट पार्टीभित्र जन्मिन सक्छ, इतिहासमा धेरै पटक जन्मिएका छन् तर पनि जनताको आन्दोलन, कम्युनिस्ट आन्दोलन रोकिएको छैन, रोकिने छैन ।’ शनिबार बसेको एमाले केन्द्रीय कमिटी बैठकमा नेपाल–खनाल समूह अनुपस्थित थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *