काठमाडौँ, ८ चैत–नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् ।
आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा ९माओवादी केन्द्र० परित्याग गरेका कार्यकर्ताहरुलाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले न्युनतम नैतिकता समेत नदेखाएको उनको आरोप छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजिनामा माग नगरेको परिस्थिति भएपनि राजनीतिको मूल्य मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले पदत्याग गर्नुपर्ने उनको भनाइ छ ।
नेता सिंहले कम्युनिष्ट पार्टीले जनताले पाँच वर्षका लगि दिएको म्याण्डेड पुरा गर्न नसकेको बताए । देशलाई अस्थिरताबाट बचाउन सबै दलहरुले निकास दिनुपर्ने उनले बताए ।
