अनिलदेब राई/झापा (दमक), ८ चैत–काठमाडौंं, भक्तपुर र ललितपुरमा बसोबास गर्नुहुने झापा शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयका भुपू बिद्यार्थीहरुको पुर्नमिलन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाण्डौं, भक्तपुर र ललितपुर लगायतका क्षेत्रमा छरिएर बसोबास गरिरहेका जन आदर्श माध्यमिक बिद्यालयका भुपू बिद्यार्थीहरु आपसी चिनजान गर्नुका साथै आफ्नो बिद्यालयको विकासका निम्ति छलफल गरिएको थियो ।
शनिबार, भक्तपुरस्थित एक रिर्सोटमा आयोजित पुर्नमिलन कार्यक्रममा जन आदर्श माध्यमिक बिद्यालयका सस्थापक प्रधानध्यापक, संस्थापक शिक्षक, भुपू शिक्षक र बिद्यार्थीसहित १२५ जनाको सहभागिता थियो ।
सो कार्यक्रममा सहभागी बरिष्ठ लोकसंस्कृतीकर्मी, गायक तथा संगीतकार जीतेन राईका अनुसार पुर्नमिलन कार्यक्रममा जन आदर्श माध्यमिक बिद्यालयका संस्थापक प्रधानध्यापक गोपाल श्रेष्ठ, संस्थापक शिक्षक रामनारायण देब लगायतको उपस्थिति रहेको थियो ।
बरिष्ठ गायक तथा संगीतकार राईले भुपू बिद्यार्थीको पुर्नमिलन कार्यक्रमले जन आदर्श माध्यमिक बिद्यालयको याद र सम्झाना गर्ने बिशेष अवसर प्राप्त भएको बताउनुभयो । वहाँका अनुसार यस खाले कार्यक्रम आगामी समयमा पनि निरन्तरता दिइरहनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा भुपू बिद्यार्थीहरुद्धारा बिद्यालयका संस्थापक प्रधानध्यापक र संस्थापक शिक्षकसहित बिद्यालयबाट अध्ययनपछि राज्यको उपल्लो निकाय वा तहमा कार्यरत भुपू बिद्यार्थीहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । साथैं, कार्यक्रममा सहभागीहरुबीच गीत, संगीत, कविता, नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई मनोरञ्जन गरिएको थियो ।
फोटो फिचरः






