काठमाडौं, १० चैत–नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले आज एमालेनिकट विद्यार्थीहरूको राष्ट्रिय भेला गर्दैछ ।

केहीबेरमा काठमाडौंस्थित प्रज्ञाप्रतिष्ठानमा भेलाको औपचारिक कार्यक्रम सुरु हुँदैछ । भेलालाई वरिष्ठ नेता नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२३ फाुगनमा सर्वोच्च अदालतले एमालेलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेमा अध्यक्ष केपी शर्मा ओली र खनाल-नेपाल विभाजित भएसँगै पार्टीका सबै कमिटीहरू दुई पक्षमा विभाजित छन् ।

यसअघि चैत ४ र ५ मा राष्ट्रिय कार्यकर्ता भेला गरेलगत्तै पार्टीको भातृ संगठन अखिल नेपाल महिला संघ र युवा संघको भेला गराइसकेको खनाल-नेपाल पक्षले आज विद्यार्थीहरूको राष्ट्रिय भेला गर्ने भएको हो ।

‘भेलाको व्यास्थापकीय र प्रविधिकि सबै तयारी पूरा भएको छ । केहीबेरमा नै माधव कमरेड आएर सम्बोधन गर्नुहुनेछ,’ नेपालनिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *