दमक, १० चैत–झापाको दमकमा मूख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले १२औं स्थापना दिवस भोली (बुधबार) मनाउने भएको छ ।
यसैबीच आज मंगलबार, शिबसताक्षी नगरपालिकाको झिलझिले र मोरङको उर्लाबारीस्थित संस्थाको सेवा केन्द्रमा १२औं स्थापना दिवस मनाएको छ । उर्लाबारी र झिलझिलेमा बिहान अलग–अलग कार्यक्रमको आयोजना गरेर स्थानीय उद्यमी, व्यवासयी, सामाजिक तथा सहकारी संघ–संस्था बुद्धिजिबी र व्यवसायीहरुबीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
दमक–६ बेलडाँगीमा मुख्य कार्यालय रहेको सो संस्थाले आफना सदस्यहरुको सुविधालाई मध्यनजर गर्दै मंगलवारदेखि ती दुवै स्थानमा औपचारिक रुपमा एकैसाथ सेवा केन्द्र सञ्चालनमा ल्याईएको व्यवस्थापक कमल कुमार घिमिरेले जानकारी दिए ।
शिवसताक्षी–८ झिलझिले सेवा केन्द्रको शिवसताक्षीका नगर प्रमुख चन्द्रकुमार शेर्मा र उर्लावारी ७ सेवा केन्द्रको उर्लावारी नगर प्रमुख खड्ग फागोले उद्घाटन गरे । संस्थाले स्थापना दिवसको अवसर पारेर बुधबार नवनिर्मीत भवनको उद्घाटन समेत गरिने व्यवस्थापक घिमिरेले बताए ।
भवनको राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले उदघाटन गर्ने कार्यक्रम रहेको जनाइएको छ । सोही अवसरमा उत्कृष्ट कारोवार गर्ने सदस्यहरुलाई सम्मान तथा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने संस्थाका अध्यक्ष रवि केसीले जानकारी दिए ।

