दमक, ११ चैत–झापाको दमक–६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १२औं स्थापना दिवस मनाउनुका साथै स्वर्णलक्ष्मी कम्प्लेक्स (भवन) को उद्घाटन गरेको छ ।

दमक–६ बेलडाँगी रोडस्थित संस्थाको मुख्य कार्यालयमा आयोजित समारोहमा १२औं स्थापना दिवस सम्पन्न गरेको हो । स्थापना दिवस समारोहका प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले नवनिर्मित स्वर्णलक्ष्मी कम्प्लेक्सको शिलालेख अनाबरण गर्नुका साथै रिवन काटेर उद्घाटन गर्नुभएको थियो ।

स्थापना दिवसको अवसर पारेर हिजो मंगलबार संस्थाको सेवा केन्द्र मोरङको उर्लाबारी र झापाको शिबसताक्षी नगरपालिकाको झिलझिले सेवा केन्द्रको उद्घाटन गर्नुका साथै स्थानीय सरोकारवालाहरुबीचमा अन्तरक्रिया सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष रवि न्यौपानको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा प्रमुख अतिथि कडेलले देशको विकास र समृद्धितर्फ बढ्न सहकारी संघ-संस्थाहरुको अभियान र भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । सहकारी अभियानमार्फत आफ्ना सदस्यहरुलाई उद्यमशीलतातर्फ उत्प्रेरित गर्न र कोभिड–१९ ले निम्त्याएका समस्या र चुनौतीहरुलाई अवसरको रुपमा लिएर अभियानलाई सशक्त ढंगले अगाडि बढाउन कडेलले आग्रह गर्नुभएको थियो ।

त्यस्तैं, राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कडेलले सहकारी संघसंस्थाले वित्तीय तथा गैरवित्तीय अवस्थाका बारेमा र सदस्य विस्तार, बचत र निक्षेप, ऋण लगानी, शिक्षा तथा तालिम लगायतका बिषयमा चर्चा गर्नुभएको थियो ।

सोही अवसर पारेर संस्थाले दन्त, आखाँ सम्बन्धी निशुल्क स्वास्थ्य परीक्षण, खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाले स्थापना गरेको स्वर्णलक्ष्मी पत्रकारिता पुरुस्कारतर्फ यसवर्ष पत्रकार अनिलदेब राईसहित उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य र कर्मचारीहरुलाई पुरस्कृत गरेको थियो । नगद १० हजारसहित प्रमाणपत्रले पुरस्कृत पत्रकार राई पत्रकार महासंघ झापा शाखाका कार्यसमिति सदस्य हुन् । शिबसताक्षी–३ धरमपुरमा स्थाई बसोबास गर्ने पत्रकार राई दमकबाट औजार दैनिक र हाम्रोसरोकार डटकममा कार्यरत छन् ।

त्यस्तैं, संस्थाका संस्थापक अध्यक्ष बासुदेब काफ्ले र निरज आचार्यलाई समेत सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

यता, संस्थामा उत्कृष्ठ कारोबार गर्ने बचतकर्तातर्फ युन्छोहाङ आङदेम्बे, आदेश दाहाल, संकल्प घिमीरे,अंकित अग्रवाल, प्रकृति सिलवाल तथा विभिन्न विद्यामा उत्कृष्ठ कारोवार गर्ने ३० जना सदस्यलाई सम्मान गरियो ।

उत्कृष्ठ सुपर लखपती बचततर्फ गीता चापागाई, एक बर्षे उत्कृष्ठ नियमित बचतकर्तामा विन्दा अधिकारी रिजाल, पाँच बर्सेतर्फ तोया रेग्मी, तीन बर्सेतर्फ कृष्णमोहन साह, सुपर आवधिक बचतमा रामकृष्ण श्रेष्ठ, आवधिक बचतमा कविता सुब्बा र २४ जना उत्कृष्ठ कारोवार गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।

त्यस्तै उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया चाम्लिङ राई, हिरोअफद स्वर्णलक्ष्मीवाट लेखा सहायक अधिकृत गायत्रा ढकाल र कर्मचारीतर्फ इस्कोर अफद फ्रष्टरनर अपवाट विनोद घिमीरे, सेकेन्ड रनरअप गणेश भट्टराई, स्कोरर अफदियरवाट कमल गड्तौला नगद र प्रमाणपत्रसहित पुरस्कृत भए ।

संस्थाले स्थापना दिवसको अवसर पारेर प्रत्येक बर्ष सञ्चालन गर्दै आइरहेको खुल्ला रक्तदानतर्फ ४२ प्रिन्ट रगत सङ्कलन भएको थियो । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा आयोजित रक्तदानमा संस्थाका शेयर सदस्यहरु र कर्मचारीहरुले सहभागिता जनाएका थिए ।

आमा डेन्टल दमक र बिर्ताज्योती आखाँ अस्पताल दमकको प्राविधिक सहयोग रहेको थियो भने बरिष्ठ फिजिसियन डाक्टरको टोलीले निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम गरिएको संस्थाको मुख्य कार्यालय दमकका व्यवस्थापक कमल कुमार घिमिरेले बताउनुभयो ।

कार्यक्रममा दमक नगर प्रमुख रोमनाथ ओली, जिल्ला सहकारी संघ झापाका अध्यक्ष एबम् राष्ट्रिय सहकारी महासंघका केन्द्रीय सदस्य गणेश ढकाल, दमक-६ का वडा अध्यक्ष टेकबहादुर थापा, मेची सहकारी संस्थाका अध्यक्ष नारायण भट्टराई, दाफे बचत तथा ऋण सहकारी संस्था दमकका अध्यक्ष तुलाराम न्यौपाने, जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, मेची सहकारी संस्था दमकका व्यवस्थापक खोमप्रसाद बगाले, दमक उद्योग बाणिज्य संघ दमकका अध्यक्ष गोकुल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका सचिव बुद्धिसागर बरालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका मुख्य व्यवस्थापक कमल कुमार घिमिरेले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *