झापा, १२ चैत–झापा कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी एक ३९ वर्षीया महिलाको कोरोना भाइरसका कारण आज ज्यान गएको छ। सुरुङ्गा बजारमा पसल गरि बस्ने उनको बिर्तामोडस्थित बिएनसी अस्पतालमा आज बिहान ४ बजे ज्यान गएको हो।

१० दिन अघि मात्र ती महिला भारत आफन्तकोमा पुगेर घर फर्किएको पाइएको कनकाई नगरपालिका कोरोना फोकल पर्सन नारायण अधिकारीले बताए।

भारतबाट घर फर्किएसंगै श्वास प्रश्वासमा समस्या देखिएपछि बिर्तामोडको बिर्ता सिटी हस्पिटलमा भर्ना गरिएको थियो। उनलाई दुईपटक पिसिआर परीक्षण गराउँदा दुवैपटक कोरोना पुष्टि भएको थियो।

थप उपचारका लागि बिएण्डसी अस्पताल भर्ना भएको उनको सोही अस्पतालमा मृत्यु भएको कनकाई नगरपालिकाका सूचना अधिकारी लक्ष्मी अधिकारीले बताए।

उपचारकै क्रममा कोरोना संक्रमित महिलाको आज मृत्यु भएको हो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *