दमक, १३ चैत–झापाको दमक–१ फाल्गुनन्द चौकस्थित चुलाचुली अंग्रेजी माध्यमिक बिद्यालय युकेजीमा अध्ययनरत सोलन राईले आफ्नो सातौं शुभजन्मदिनमा दमकस्थित हाम्रो बाल आश्रममा मनाएका छन् ।
दमक-१ निवासी आमा तारा र बुबा दिलबहादुर राईका ७ बर्षिय छोरा सोलनले आश्रममा आश्रित आफु जस्तै साथिहरुबीच जन्मदिनको केक र मिठाई खुवाएर मनाएका छन् ।
सोही, अवसरमा उनले आश्रमलाई चामल, दाल, नुन, चिनी, चिउरा, चाउचाउ लगायतका खाद्यान्य सामाग्रीहरु सहयोग प्रदान गरेका छन् ।

सोलनका मामा तथा दमकस्थित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी दमक शाखाका प्रमुख समुन कुमार राईले जन्मदिनमा हुने खर्चलाई सामाजिक सेवामा समर्पित गरिएको बताउनुभयो । वहाँका अनुसार सानै उमेरदेखी बालबालिकालाई असल र सक्षम बनाउन यस खाले कार्यहरु सिकाउन जरुरी रहेको बताउनुभयो ।
भान्जा सोलनको जन्मदिनमा दमक–२ मा अवस्थित हाम्रो बाल आश्रमलाई चामल-३ बोरा, खाने तेल-१ कार्टुन, दाल-५ केजी, चाउचाउ-१ कार्टुन लगायतका खाद्यान्य सामाग्रीहरु प्रदान गरिएको हो । सो सामाग्रीहरु आश्रमका प्रतिनिधिलाई हस्तान्त्रण गरिएको थियो ।
दमकका मनकारी र दानवीर युवा व्यवसायी, शिक्षासेवी र बुद्धिजिवीहरुले स्थापना गरेको आश्रममा १० जना बालबालिकाहरु आश्रित छन् ।

