गोविन ल्वागुन धरमपुर (शिबसताक्षी), १४ चैत–झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी चोकदेखि दक्षिण पाँचगाछीको सालमारासम्म जोड्ने ११ किलोमिटर सडक धमाधाम कालोपत्रे भइरहेको छ ।
बहुप्रतिक्षित उक्त सडक प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको निर्बाचान अगावै सिलन्यास गरेका थिए । पटक–पटक म्याद गुज्रिदै थप गर्दै बन्न लागोको सडक ठेकेदारको ढिला सुस्तीले गर्दा पुर्णता पाउन नसकेको हो ।
नगररिकको दबाब र जानप्रतिनिधिने चासो देखाएको कारण अहिले ५ मिटर चौडाई र २.८ किलोमिटर सडक कालोपत्रे भएको हो । यस अघि २.२किलोमिटर सडक अघिल्लो बर्ष नै सम्पन्न भइसकेको छ ।
पुर्वपश्चिम लोकमार्गको धरमपुर–डुडामारीबीचमा पर्ने धरमपुरस्थित राना मिलदेखि मंगलबारे बजारहुदै सालमारा जोड्ने ११ किलोमिटर सडक कालोपत्रे क्रमिक रुपमा हुने बताइएको छ । हिउदमा धुलाम्मे र बर्षादमा हिलाम्मे समस्या झेल्दै आएका स्थानीय बासीहररु सडक कालोपत्रे हुन थाले पछि दंग छन ।
प्रदेश सरकारको भौतिक पुर्बधार बिकाश कार्यक्रम अन्तरगत रु ८ करोड बढिको लागतमा निर्माण हुदै गरेको उक्त सडक निर्माण कम्पनीले काम गरिरहेको छ ।
सो सडकको गुणस्तरमा कुनै कमि नहोस भनेर झापा क्षेत्र नं ४ का प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मावोवादी केन्द्रका नेता झलकसिह दर्लामी सहितका नेताहरुले अनुगमन गरिरहेको सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङले बताएका छन ।

