शिबगञ्ज (शिबसताक्षी), १५ चैत–झापाको शिबसताक्षी–५ पाँचगाछीस्थित भेलामुनीका प्यारालाईसिस बिरामीलाई सहयोग रकम हस्तान्तरण गरिएको छ ।

एक महिनादेखि प्यारालाइसिस भएर थलिएका रबिशंखर ताजपुरियालाई आईतवार सहयोग रकम हस्तान्तरण गरिएको हो ।

आर्थिक अवस्था दयनीय भएका कारण स्थानीय युवा तथा जनप्रतिनिधिको अगुवाइमा संकलित ५४ हजार रुपैयाँ रकम हस्तान्तरण गरिएको छ । शिवसताक्षी-५ का वडा अध्यक्ष सत्यनारायण राजवंशी, स्थानीय युवाहरू नारायण नेपाली, मनि ताज्पुरिया, नरेश ताजपुरिया, रतन ताजपुरिया, दिलबहादुर ताजपुरिया, जगत ताजपुरियाले संयुक्त रुपमा बिरामिका परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको हो ।

सहयोग रकम हस्तान्तरण गर्दै वडा अध्यक्ष सत्यनारायण राजवंशीले बिरामी परिवारलाई सहयोग पुर्याउने सबैलाई धन्यवाद दिदै सहयोग संकलन अभियान जारी रहने जानकारी दिनुभयो ।

दुई छोरी, एक छोरा र श्रीमतीसहित ५ जनाको परिवार रहेका ताजपुरिया दैनिक ज्यालामजदुरी गरेर जिविको पार्जन गर्दै आएका थिए । तर घरमुली आफै थला परेपछी परिवारमा छाक टार्न मुस्किल भएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *