झिलझिले, १५ चैत–झापाको शिवसताक्षी–८ झिलझिलेमा वाटर किङडम पार्क संचालनमा आएको छ । पार्कका कार्यकारी निर्देशक राजकुमार संग्रौलाले रु ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको वाटर किङडम पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने ८ प्रकारका खेल छन् ।

सञ्चालक संग्रौलाका अनुसार स्लाईड पुल, वेब पुल, चिल्ड्रेन पुल, चिल्ड्रेन पार्क, जीप लाईन, सुपरमेन लाईन, साईकल लाईन छन् । यी सबै खेल एकैसाथ संचालनमा आएका हुन् ।

यस्तै, भोली सोमबार (चैत्र १६ गते) फागु पूर्णिमादेखी स्विमिङ पुल, सावर डान्स, नाइट क्लब, सोना स्टिम बाथ, फिट्नेस् सेन्टर, भेज–नन् भेज रेस्टुरेण्ट, सुविधा सम्पन्न भिआईपी भब्य गेष्ट रुम सञ्चालनमा ल्याइने जनाइएको छ ।

पूर्व–पश्चिम लोकमार्ग झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा वाटर किङडम पार्क अवस्थित छ । औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ । विवाह, पिकनिक, पार्टी, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको पार्कका सञ्चालक एबम् अध्यक्ष मेनुकादेबी सिटौला (संग्रौला) बताउनुभयो ।

२ बिगहा ५ कठ्ठा निजी जमिनमा सत्तचालनमा आएको अत्याधुनिक सुविधा सम्पन्न पार्कमा आन्तरिक तथा वाह्य पर्यटकलाई आर्कषण गर्न तयारी अवस्थामा रहेको जनाईएको छ । पार्कमा बार्षिक १ लाख बढी पर्यटकहरुलाई मनोरञ्जन दिने उद्धेश्य रहेको र पार्कले ७५ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको वाटर किङडम पार्कका कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताउनुभयो ।

पार्क सञ्चालनका लागी मेनुकादेबी सिटौला(संग्रौला) को अध्यक्षतामा १३ सदस्य समिती गठन गरीएको छ ।

बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षण हुन् । बुढापाकाका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ । युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्कभित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा छ । यसले सबैको मन जितेको छ ।

यस्तै, आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरेका छन ्। ‘एउटा भवनमा पार्टी प्यालेस सञ्चालन हुन्छ भने अर्को भवनमा आगन्तुक पाहुनाको आवास हुन्छ, ’सञ्चालक संग्रौलाले भने ।

पूर्व घुम्न आउने पर्यटकका लागि शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइ बन्नेमा संग्रौला आशावादी छन् ।

शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीयस्थलहरू सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखा पार्कभित्रका वालहरूमा देख्न पाइन्छ। विभिन्न जातजातिका झाँकीहरू पनि पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन ्। ती झाँकीहरू हस्तकलाद्वारा निर्मित हुन ्।

४२ करोड रुपैयाँ खर्चिएर निर्माण गरिएको पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने बताए । उनले भने, ‘यहाँ आउने आन्तरिक तथा बाहिय पर्यटकलाई सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुर्याएर मनोरञ्जन दिलाइने छ।’ यसका अलवा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन् ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *