पोखरा, १६ चैत–बाग्लुङमा पिकनिक गएका दुई समूहबीच झडप भएको छ । आइतबार होलीमा पिकनिक भएका दुई समूहबीच झडप भएको हो । प्रहरीका अनुसार झडपमा दुई युवाको मृत्यु भएको छ ।

बाग्लुङ प्रहरीका डीएसपी इकवाल हवारीले दुईजनाको शव फेला परेको र बुर्तिबाङ ल्याइएको जानकारी दिए । उनका अनुसार सम्पर्कविहीन भनिएका सबै सम्पर्कमा आएका छन् ।

“दुईजनाको शव गोरेटोभन्दा पाँचसय मिटर तल भेटिएको छ,” उनले भने, “दुईजनाको शव फेला परेको हो । बुर्तिबाङ ल्याइएको छ । सम्पर्कविहीन सबै सम्पर्कमा आएका छन् । बाटोबाट तल पाँचसय मिटरमा शव फेला परेको छ ।”

दुईवटा गाउँका युवाहरु पिकनिकका क्रममा झगडा गरेपछि झडप भएको थियो । उनका अनुसार बडिगाड गाउँपालिका १० स्थित बल्देधूरीमा झडप भएको हो ।

यो गाउँपालिका निशिखोला गाउँपालिकाको सिमानामा पर्छ । निशिखोला ७ का वडाध्यक्ष तेजेन्द्र विक्रम कुँवरले पनि घटनाको पुष्टि गरे ।

प्रहरीका अनुसार निसीखोला–७ का अन्दाजी ३७ वर्षीय प्रकाश कुँवर र २९ दीपक दमाइको शव भेटिएको हो । उनीहरुको शव तारे भिरमा फेला परेको उनले बताए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *