काठमाडौं, १७ चैत–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा निकटवर्ती नेताहरुसँग छलफल गर्दैछन् ।

नेता नेपालले आजै दिउँसो १२ बजे खनाल–नेपाल समूहमा रहेका स्थायी कमिटी सदस्यहरुलाई छलफलका लागि बोलाएका छन् ।

नेता योगेश भट्टराईका अनुसार दिउसो स्थायी कमिटी सदस्यहरुको बैठक बोलाइएको छ ।

बैठकमा आगामी रणनीतिका विषयमा छलफल हुनेछ । यसअघि सोमबार नै समानान्तर कमिटी बनाउँदै तलसम्म पुग्ने योजना बनाइसकेको सो समूहले थप छलफल गर्न लागेको स्रोत बताउँछ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *