काठमाडौं, २१ चैत–नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज (शनिबार) संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दैछ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परे लगत्तै यो समूहले आज ‘संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्न लागेको हो ।

एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’ लाई कार्यकर्ता माझ लैजाने भएको छ । हिजो बसेको बैठकले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेलाको निष्कर्षअनुसार ‘संगठन विस्तार तथा सुदृढीकरण अभियान’ लाई अगाडि बढाउने र राजनीतिक प्रतिवेदनलाई कार्यकर्ता माझ लैजाने निर्णय गरेको हो ।

राजनीतिक प्रतिवेदनले आजको छलफलपछि अन्तिम रुप पाउने र त्यसपछि देशभर लैजाने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिएका छन् । यो समूहले समानान्तर कमिटी विस्तारको कामलाई तीब्रता दिइरहेको छ । केन्द्रमा समेत छिट्टै नयाँ समानान्तर कमिटी बनाउने वरिष्ठन नेता माधवकुमार नेपालले घोषणा गरिसकेका छन् ।

एमाले अध्यक्ष ओलीले नेताहरु माधव कुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् । सोधिएको स्पष्टीकरणमा जवाफ चित्तबुझ्दो नआएको भन्दै पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले चार नेतालाई ६ महिनाका लागि निलम्बन गरेका हुन् । नेपाल–खनाल समूहले ओलीको कारवाही दूराशयपूर्ण भएको बताएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *