सौठा (मोरङ) , २१ चैत–तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस्बाट ओच्छ्यानमा थलिएको सामाचार सामाजिक तथा सञ्चार माध्यमहरुले प्रकाशन गरेपछि सहयोग जुट्दै गएको छ ।
मोरङको रतुवामाई नगरपालिकाको वडा नं ६ सौठाका ज्ञाननाथ खालिङ राईका १९ बर्षिया राईले पुष ७ गते दमकस्थित एक अस्पतालमा बच्चा जन्माएका थिईन् । अस्पतालबाट डिस्चार्च भएपछि उनी आफ्नो घर फर्किएकी थिइन् ।
सुत्केरी अवस्थामा घरायसी कामकाजको क्रममा उनी लडेर घाइते भएकी थिइन् । घाइते अवस्थामा उनको उपचार बिराटनगरमा भएपनि उनको स्वास्थ्य सुधार हुन सकेन । अनन्तः उनको शरिर नचल्ने भयो । र, अस्पतालबाट उनलाई घर ल्याइयो ।
उनीसँगै चार महिने शिशुको जीवन कष्टकर भएको सामाचार हाम्रोसरोकार अनलाईनमा प्रकाशन भएपछि देश–बिदेशबाट सहयोगहरु जुट्दै गएको हो । पछिल्लो समय, सङ्कलन भएको सहयोग रुपैया चैत २० गते शुक्रबार वर्षाको घरैमा एक कार्यक्रमबीच हस्तान्त्रण गरिएको छ ।
सहयोग हस्तान्त्रण अवसरमा पत्रकार अनिलदेब राई, सौठास्थित स्थानीय बिद्यालयका प्रधानध्यापक खगेन्द्र राई, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्था दमककी नानुमैया राईसहित पीडित वर्षा, उनका बुबा, आमा, आफन्तहरुको उपस्थितीमा सहयोग हस्तान्त्रण गरेका थिए ।

सहयोग गर्नेहरुः
१) श्री श्याम राई, शिबसताक्षी–११ दुधे–झापा (दक्षिणकोरिया) रु १०,०००
२) बालकृष्ण बान्तावा राई, बैगुनधुरा–झापा हालः दक्षिणकोरिया रु ९,८७४
३) नारायण प्रसाद खरेल, दमक–झापा रु २,०००
४) गोमादेबी ढुंगाना, दमक–झापा रु १,१११
५) रोली रिजाल, दमक–झापा रु ५५५
६) उज्जल केरुङ लिम्बू, दमक–झापा रु ५०५
७) गायात्रा ढकाल गुरागाई दमक–झापा रु ५००
८) प्रतिमा भेटुवाल कार्की, दमक–झापा रु २००
यसअघि, सहयोग हस्तान्त्रण गरिएको यसप्रकार छः
१) दमक नगर इसाई समाज दिदीबहिनी समिति रु १०,०००
२) शान्त खालिङ राई कमल–५ पाडाजुङ्गी(झापा रु ५,०००
३) नरेन खालिङ राई कनकाई नगरपालिका झापा रु ५,०००
४) खगेन्द्र खालिङ राई, रतुवमाई–६ सौठा मोरङ रु ५,०००
५) राजन खालिङ राई कनकाई नगरपाकिला झापा रु ५,०००
६) चन्द्र खालिङ राई, मेचीनगरपालिका झापा रु ३,०००
७) डम्बर खालिङ राई, बाहदशी गाउँपालिका झापा रु ३,०००
८) नारायण प्रसाद खरेल दमक–५ झापा रु २,०००
९) हरि खालिङ राई कमल–५ पाडाजुङ्गी झापा रु १,५००
१०) मोहनप्रकाश राई शिबसताक्षी–३ धरमपुर–झापा रु १,५०५
११) राजकुमार–पवित्रा राई शिबसताक्षी–३ झापा रु १०००

