दमक, २१ चैत–सामाजिक क्षेत्रमा क्रियाशील जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश प्रसाद गौतम चुनिएका छन् ।

समाजको दमकस्थित होटल पाथिभरा सम्पन्न दोस्रो साधारणसभाले दुई बर्षेकार्यकालका लागि पुनः गौतमलाई अध्यक्ष चयन गरेको हो ।

सर्वसम्मत निर्वाचित समितिको उपाध्यक्षमा टंक प्रसाद दाहाल (सिदार्थ), सचिवमा बेनुराज प्रसाईं, प्रवक्तामा प्रदिपराज पौडेल र कोषाध्क्षयमा खगेन्द्र बराल चुनिए ।

यस्तै, सदस्यहरुमा चैतन्य बराल, बिमल शर्मा, सुनिता निरौला पौडेल, भवानी पाण्डे (हरि) र गंगा बराइली चयन भएका छन् ।

साधारणसभाको बन्दसत्रमा संस्थाका अध्यक्ष गौतमसहित कोषाध्यक्षको प्रतिवेदनलाई सुझावसहित पारित गरिएको थियो । संस्थाले दमकमा सडक दुर्घटना न्यूनीकरण तथा रक्तदान सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिआएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *