दुधे, २१ चैत–नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको दुधेमा कार्यक्रम सम्पन्न गरेको छ ।

दुधेस्थित सामुदायीक अध्ययन केन्द्रको भवनमा आयोजित कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा पाटीका केन्द्रीय नेता राम कार्कीले केन्द्रका धारणसहित आगामी योजनाका बारेमा बिचार राख्नु भएको थियो ।

पाटी नगर कमिटी अध्यक्ष महेन्द्र भट्टराईको अध्यक्षता भएको कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधि सभाका सदस्य माननीय कार्कीले प्रधानमन्त्री केपी ओलिको विकल्प खोज्नु पर्ने बताउनु भयो ।

सोहि, अवसरमा प्रदेश १ का माननीय तथा नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य झलकसिह दर्लामी मगर, प्रदेश सदस्य कल्पना कार्की, जिल्ला सचिवालय सदस्य ढुन्डी गुरागाई, नगर सहइन्चार्ज एनपी लामिछाने लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

सो कार्यक्रममा पाटीको युवा संगठनलाई चैत २८ गते बिशेष भेला गर्ने र बिद्यार्थी, महिला, किसान, मजदुर लगायतका अन्य सवै संगठनहरुलाई पनि विस्तार गर्दै लैजाने तयारी रहेको नगर अध्यक्ष भट्टराईले बताउनुभयो ।

त्यस्तैं, शिबसतासी नगरमा पाटीको ११ वटा वडा कमिटी, नगर कमिटीलाई सक्रियता बनाउने र प्रशिक्षण गराउदै लैजानुपर्ने सहभागी बक्त्ताहरुले जोड दिएका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *