दमक, २२ चैत–धार्मीक क्रियाकलापसहित सामाजिक र परोपकार सेवामा सक्रिय दमक नगर इसाई समाजले आज झापाको दमकमा सरसफाई तथा बृक्षारोपण गरेको छ । इसाई धम्र्मालम्बीहरुको आस्थाको केन्द्र प्रभु यशू ख्रीष्टको सम्झानामा दमक नगर इसाई समाजले दमकमा सरसफाई तथा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईका अनुसार दमकसहित देशभरी बाताबरणमा देखिएको समस्या र प्रदुषण सम्बन्धी जनचेतना जगाउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो । अध्यक्ष पाष्टर राईले दमकको आकाशे पुल, डाफे मुनाल चौक, गणतन्त्र चौक, शान्ति मार्ग, रोटरी स्तम्भ, जेसिस चौक, बस पार्क लगायतका स्थानहरुमा सरसफाई गरिएको बताउनुभयो । त्यस्तैं, वहाँले इलाका प्रहरी कार्यालय दमकको परिसरमा रहेको फूलबारीमा बृक्षारोपण गरिएको बताउनुभयो ।

सरसफाई कार्यक्रममा दमक इसाई समाजका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु, सल्लाहकार सदस्यहरु, स्थानीय मण्डलीका प्रतिनिधिहरु लगायत स्थानीय व्यवसायीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा दमक नगर वाताबरण शाखा प्रमुख तथा दमक–६ का वडाध्यक्ष टेकबहादुर थापा, समाजका सल्लाहकार एबम् पाष्टर राजकुमार राई, पाष्टर दावा शेर्पा लगायतको उपस्थित थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *