गोविन ल्वागुन, २७ चैत–झापाको शिबसताक्षी–८ श्रीजङ्घा चोकका एक क्यानसर पीडितलाई बिहिबार आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शिबसताक्षी–८ श्रीजङ्घा चोकका ४३ बर्षिय राजकुमार घिमिरे (बिश्वकर्मा) लाई स्थानीय युबाहरुले संकलन गरेको ६६ हजार ८ सय ७७ रुपैया पीडितको परिवारलाई हस्तान्तरण गरिएको हो ।

स्थानीय दिपेन्द्र प्रधानको संयोजकत्वमा १ महिना अघि राजकुमार बचाउ अभियान समिती गठन गरि राजकुमारको उपचारमा सहयोग पुराउन रकम सङ्कलन गरिएको अभियानका सह–सम्योजक सन्त फेउदेनले बताए ।

फेउदेनका अनुसार आर्थिक अवस्था कम्जोर भएका घिमिरे परिवारलाई थोरै भएनी राहात पुगोस भन्ने उदेश्यले आर्थिक सङ्कलन गरि परिवारलाई हस्तन्तरण गरिएको हो ।

आर्थिक अवस्था नाजुक भएका घिमिरेको बुबा–आमा, श्रीमती ,र ३ छोरा–छोरी रहेका छन ।

परिवारको जिम्मेवारी समहल्दै आएका राजकुमार थलिएर उपचार गराउनु परेपछी परिवारको बिचल्ली भएको छ । उनैले मज्दुरी गरि कमाएको पैसाले घरको गुजारा चलाउदै आएकोमा उहाँनै थलिएपछि आफू समस्यमा परेको राजकुमारको श्रीमतीले बिलाउना गरिन ।

घरमा वृद्ध सासू–ससुरा र बालखा छोरा–छोरी मात्र छन कमाउने उहाँ एक्लो हुनुहुन्थ्यो तर उहानै थलिए पछि उपचार गराउन समस्या भएको दुखेशो पोखिन । दुखको बेला स्थानीयहरुले सहयोग गरेपछि हार्षितहुँदै सबैलाइ धन्यबाद दिइन । र, अन्य सहयोगि मनहरुले सकेको सहयोग गरि आफ्नो श्रीमानलाई बचाईदिन दिन आग्रह गरिन ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *