पर्वत, २८ चैत–पोखरामा जारी १९ औँ संस्करणको आहा रारा गोल्ड कपको फाइनल खेलमा सङ्कटा क्लबसँग भइरहेको प्रतिस्पर्धाको पहिलो हाफमा पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स एसोसिएसनले एक गोलको अग्रता बनाएको छ।

पोखरा रङ्गशालामा जारी खेलमा खेल सुरु भएको ११ औँ मिनेटमा बासेकले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन्। सेमी फाइनल खेलमा पनि एसोसिएसनले खेल सुरु भएको तेस्रो मिनेटमा नै नेपाल पुलिस क्लबका विरुद्ध गोल गरेको थियो।

शारीरिक रूपमा नेपालीको तुलनामा अग्ला र बलिया कदका क्यामरुनी खेलाडीहरू प्राविधिक रूपमा पनि बलिया देखिएका छन्। खेलको पहिलो हाफसम्मको समयमा उनीहरूले नै बललाई आप्mनो नियन्त्रणमा राख्न सफल भएका छन्।

सङ्कटा क्लबका गोलकिपर राजाबाबु थापाले अफ्रिकन रुटबाट हुनै लागेका दुई गोलको रक्षा गर्दै क्यामरुनी टोलीलाई एक गोलमा सीमित राखेका छन्। खेलको २७ औँ मिनेट र त्यसपछिको समयमा एसोसिएसनले गोल गर्नै लागेको अवस्थामा थापाले बललाई नियन्त्रणमा लिएका थिए।

उनको प्रदर्शनबाट घरेलु आँगनमा घर हेरिएका नेपाली दर्शकहरू उत्साहित भएका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *