काठमाडौं, २८ चैत-प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ बाट बच्न गम्भीर बन्न पुनः आग्रह गरेका छन् । उनले जीवन पहिलो प्राथमिकता रहेको भन्दै स्वास्थ्य मन्त्रालयको निर्देशन पालना गर्न आग्रह गरेका छन् ।

शनिबार नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वार्षिक साधारणसभामा उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौं भन्ने छैन । आफै सचेत बनौं ।’

उनले कोभिड नियन्त्रण गर्दै गएपछि उद्योग चलाउन सक्ने, सुरक्षित हुन सक्ने बताए । शुरूवाती समयदेखि नै कोभिडलाई धेरै फैलन नदिन सरकार सफल भएको पनि उनले बताए । ‘सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौं भने समस्या आउनसक्छ । समयमै सचेत बनौं’ उनले भने ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *