दमक, २९ चैत–झापाको शिबसताक्षीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा माओवादी केन्द्र) ले योङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसियल) पुर्नगठन गरेको छ ।
वाईसियल नगर अध्यक्ष एबम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी नगर सदस्य भुवन राईको अध्यक्षतामा शनिबार सम्पन्न भेलाले इन्द्र न्यौपानेको नेतृत्वमा ४१ सदस्सीय वाईसियल शिबसताक्षी नगर कमिटि गठन गरेको हो ।
कमिटिको उपाध्यक्षमा सञ्जिव राई, सचिवमा भुवन सेन्दाङ, सहसचिवमा सन्तोष ताजपुरिया, कोषाध्यक्षमा संगीता राय छन् ।
त्यस्तैं, नगर कमिटिको सदस्यहरुमा सन्तोस लामिछाने, दिपेन बुडाथोकी, गणेश माझी, धिरज परियार, सागर माझी, गणेश खड्का, शुक्रराज राई, निसान बस्नेत, याम बहादुर चेम्जोङ, खगेन राई, घनश्याम अधिकारी, आदित्य पौडेल, राकेश गुरुङ, राजु राई, कमल कुमार राई, जीतेन ताजपुरिया, किरण ताजपुरिया, पल्टन ताजपुरिया, सञ्जय ताजपुरिया, उत्तम राजवंशी, ताजेन राई, शुसिल याम्फु राई, राजकुमार राई छन् ।
नेकपा माओवादी केन्द्रका प्रदेश १ का सदस्य एबम् झापा क्षेत्र नं ४ (क) का प्रदेशसभा सदस्य माननीय सांसद झलकसिंह दर्लामी मगरको उपस्थितिमा वाईसियल नगर कमिटि गठन गरिएको हो । पार्टी नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईका अनुसार वाईसियल झापाका संयोजक दधि रिमाल, पार्टीका जिल्ला सचिवालय सदस्य रामबहादुर राई, जिल्ला सदस्य नरप्रसाद लामिछाने, नगर अध्यक्ष महेन्द्र भट्टराई, कचाली ताजपुरिया लगायतका नेता–कार्यकताहरुको ठूलो संख्यामा उपस्थिति थियो ।
सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि सांसद दर्लामी, वाईसियल झापाका संयोजक रिमाल, नेता राई, लामिछाने, भट्टराई, ताजपुरिया लगायतका नेताहरुले नवगठित वाईसियल नगर कमिटिका नेताहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको कार्यक्रमका अध्यक्ष भुवन राईले बताउनुभयो ।
कार्यक्रमको सञ्चालन पार्टीका शिबसताक्षी–१ का वडा कमिटि सचिव एबम् सामाजिक अगुवा नेत्र नेम्बाङले गर्नुभएको थियो ।
