काठमाडौं, ३० चैत–प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेडले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको युनाइटेडले टोटेनहममाथि ३–१ गोलको जित निकालेको हो ।
टोटेनहमको घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन फेरेड, इडिन्सन काभानी र मसोन ग्रिनउडले समान एक–एक गोल गरे ।
उता, टोटेनहमका लागि सन हुगन्ज मिनले एक गोल फर्काए । टोटेनहमले घरेलु मैदानमा लिएको अग्रतालाई जोगाउन नसक्दा हार बेहोर्नु परेको हो ।
खेलका ४० औं मिनेटमा सनले गोल गर्दै टिमलाई अग्रता दिलाए । युनाइटेडका लागि खेलको ५७ औं मिनेटमा फेरेडले बरबारी गोल फर्काए ।
७९ औं मिनेटमा काभानीले गोल गर्दै टिमलाई २–१ गोलको अग्रता दिलाए । खेलको इन्ज्युरी समाय ग्रिनउडले गोल गर्दै टिमलाई ३–१ गोलको जित दिलाए ।
जितसँगै युनाइटेडले लिगमा शीर्ष स्थानको सिटीसँगको अंक दूरी कम बनाएको छ । लिगमा ३१ खेल खेलेको युनाइटेडको ६३ अंक छ । एक खेल बाढी खेलेको सिटी ७४ अंकसहित तालिकाको शीर्ष स्थानमा छ ।
पराजित टोटेनहम ३१ खेलबाट ४९ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ ।
