दमक, ३० चैत–झापाको शिबसताक्षी–३ पाराबारीमा सोमबार नेकपा (माओवादी केन्द्र) ले वडा कमिटि गठन गरेको छ । शिबसताक्षी नगर कमिटिले नगरको ११ वटै वडामा कमिटि विस्तार गर्ने क्रममा शिबसताक्षी–३ वडा कमिटि गठन गरिएको हो ।

नगर अध्यक्ष महेन्द्र भट्टराईका अनुसार वडा कमिटिको अध्यक्षमा राजु लिम्बू, सचिवमा लयप्रसाद गौतम छन् । ३१ सदस्सीय वडा कमिटिको सचिवालय सदस्यहरुमा गणेशप्रसाद चम्लागाई, कुमारी रसाइली, बालकुमार तुम्बापो, इन्द्र बास्तोला, हेमन्त पौडेल, जङ्ग बहादुर राई छन् । सोही, भेलाले वडा कमिटि सल्लाहकार सदस्य गठन गरिएको छ ।

राजु लिम्बूको अध्यक्षतामा कार्यक्रम मभएको थियो । सो कार्यक्रममा नगर कमिटि अध्यक्ष महेन्द्र भट्टराईको प्रमुख आतिथ्यता रहेको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि भट्टराईले नवगठित वडा कमिटि, सचिवालय सदस्य र सल्लाहकार सदस्यहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य बिष्णु भट्टराईले गर्नुभएको थियो । सो कार्यक्रममा जीतेन्द्र चेम्जोङ, सञ्जय राई, मोहन तुम्बापोको सहभागिता रहेको थियो । कार्यक्रमलाई लयप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *