शिबगञ्ज, ३१ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जका ५३ जना कृषकहरुले कृषि प्रयोजनका निम्ति स्प्रेट्याङकी पाएका छन् । वडा कार्यालयले आफ्नो वडाभित्रका कृषकहरुलाई कृषि क्षेत्रमा प्रोत्साहन र व्यवसायिकरण बनाउन स्प्रेट्याङी वितरण गरेको हो ।

वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाभित्रका कृषकहरुलाई लक्षित गरेर कृषि सामाग्री स्प्रेट्याङकी वितरण गरिएको हो । आइतबार, शिबगञ्जस्थित वडा कार्यालयमा एक कार्यक्रमबीच सो सामाग्रीहरु वितरण गरिएको अध्यक्ष कार्कीले हाम्रोसरोकारलाई जानकारी दिए ।

सो सामाग्री वितरण कार्यक्रममा वडा अध्यक्ष कार्की, वडा सदस्यहरु लक्ष्मी गुरागाई, बद्री खनाल, उषादेखी खड्का र नरमाया परियारको उपस्थिति थियो । कार्यक्रममा वडा सचिव गंगा भट्टराईले सञ्चालन गरेका थिए ।

सो अवसरमा अध्यक्ष कार्कीले कृषकहरुका लागि अत्यन्तै उपयोगी स्प्रेट्याङकीको प्रयोगले कृषि उपजमा सहयोग पुग्नेमा आशा व्यक्त गरे ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *