धरमपुर, ३१ चैत–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा रहेको धरमपुर प्रहरी चौकीलाई स्थानीय एक दाताले रु २५ हजार मुल्य बराबरको कार्यालय प्रयोजनको निम्ति आवश्यक सामाग्री सहयोग उपलब्ध गराएका छन् । चौकीको कार्यालयभित्र प्रहरी जवान र हलदारको लागि प्रयोग हुने कोठामा सिलिङको अभावले गर्मी समयमा बस्न समस्या भएपछि ती दाताले रु २५ हजार मुल्य बराबरको सामाग्री सहयोग उपलब्ध गराएका हुन् ।

मंगलबारेस्थित नितिन भेराइटिज स्ट्रोर्स, विमली टेडर्सका सञ्चाल नेत्रप्रसाद विमलीले प्रहरी चौकीको कार्यालय प्रयोजन कोठामा प्लाई सिलिङको प्रवन्ध गरेका हुन् । स्वतन्त्र बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष समेत विमलीले काजी विमली स्मृती प्रतिष्ठानका अध्यक्ष हुन् । विमली परिवारले यसअघि, सोही प्रहरी चौकीको कार्यालय परिसरमा भव्य मन्दिर निर्माण गरिदिएका छन् ।

नेपाली काँग्रेसका युवा नेता विमलीले आफ्नो व्यवसायबाट आम्दानी गरेको केही रुपैया छुट्याएर सामाजिक कार्यमा खर्च गर्न चाहेको बताए । उनले, नागरिकको सुरक्षाको निम्ति दिनरात फिल्डमा खटिरहने प्रहरीहरु सुत्न वा वस्नलाई सहज बनाउन कार्यालयभित्रको कोठामा सिलिङको प्रवन्ध गरेको बताए ।

एक प्रसनीको कमाण्डमा रहेको मंगलबारे प्रंहरी चौकीमा ६ जना प्रहरीहरु कार्यरत छन् । प्रहरी चौकीका हलदार नन्दकिशोर कामतका अनुसार प्रहरी सहायक निरिक्षक दिपक राईको नेतृत्वमा एक हलदारसहित ४ जना जवानहरु छन् ।

हलदार र जवानहरुले प्रयोग गर्ने सो कोठमा सिलिङको अभावले गर्मी सयमा दिनमै बस्नसम्म नसिकिने हलदार नन्दकिशोर कामतले बताए । सो कोठमा जस्तापाताले छाएको कारण गर्मी समयमा बस्न वा सुत्न कठिनाई हुने गरेको हलदार कामतले जानकारी दिए ।

२०४६ सालमा आन्दोलनको क्रममा धरमपुरस्थित मंगलबारे बजारबाट बिस्थापित बनेको प्रहरी चौकी २०६७ सालमा पुर्नस्थापित भएको हो ।

दुई दशकपछि, पुर्नस्थापना भएको प्रहरी चौकीको उद्घाटन समारोहमा तत्कालिन मेची अञ्चल प्रहरी प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक हेमन्त पाल, झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्साल र इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख प्रहरी निरीक्षक चिरनजिवी कोइराला सहभागि थिए ।

यता, मंंगलबारे प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद भट्टराईले नेतृत्व गरेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *