बिर्तामोड, २ वैशाख–पहिलो पाईला नेपाल बिर्तामोड शाखाको अध्यक्षमा सन्जय विश्वकर्म सर्वसम्मत चुनिएका छन् ।

बुधबार, विर्तामोडमा आयोजित संस्थाको चौथो बार्षिक साधारणसभा तथा अधिवेशनबाट विश्वकर्मको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व घोषणा गरिएको हो ।

समितिमा प्रथम उपाध्यक्ष कमल चुडाल, दितिय उपाध्यक्ष निर्जन पाठक, सचीव सन्तोष तिमल्सिना, सहसचीव सुनिता ओझा, कोषाध्यक्ष मनिस दाहाल, सदस्य निरुता चापागाईं, सुजता कटुवाल, पुजा धमला, बेनुप खतिवडा, उज्वल घिमिरे रहेका छन् ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष मदन ओलिले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन संस्थाका निवर्तमान कोषाध्यक्ष बिबेक पोखरेलले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा यसअघिका कार्यसमितिका पदाधिकारी तथा सम्पुर्ण सल्लाहकार समितिलाई सम्मान समेत गरिएको थियो ।

पहिलो पाईला नेपाल बिर्तामोड शाखाका निवर्तमान अध्यक्ष मदन ओलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा गैर सरकारी महासङ्घ झापा शाखाका अध्यक्ष हरि प्रसाद गौतम, पहिलो पाइला नेपाल केन्द्रिय अध्यक्ष बिजय खड्का, केन्द्रिय महासचिव सुरज गिरि, केन्द्रिय सह सचीव निराजन धमला, प्रकृति फाउन्डेसनका अध्यक्ष मनोज ताम्ली लिम्बु लगायतको सहभागिता रहेको थियो ।

नयाँ वर्षको पहिलो दिनको अवसरमा आयोजित कार्यक्रममा नयाँ नेतृत्वलाई शुभकामना बधाईसहित नयाँ वर्षको शुभकामना आदान प्रदान समेत भएको थियो । सो कार्यक्रमको सहजिकरण जीवनसिह राजवंशिले गर्नुभएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *