काठमाडौं, ४ बैसाख–प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय वैठक बहिष्कार गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले वरिष्ठ नेता माधवकुमार नेपाल छलफलमा जुटेका छन् ।

कर्णाली प्रदेशमा नेकपा एमालेले फ्लोर–क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि विकसित राजनीतिक परिस्थितिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालबीच छलफल भएको हो ।

कोटेश्वरस्थित चण्डेश्वर श्रेष्ठको घरमा प्रचण्ड र नेपालबीच एक घण्टा छलफल भएको छ । छलफलमा नेपाल एक्लै सहभागी थिए भने माओवादी केन्द्रबाट प्रचण्ड र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहभागी थिए ।

उनीहरुबीच आगामी राजनीतिक परिस्थितिको विश्लेषण गर्दै कसरी अगाडि बढ्ने विषयमा कुराकानी भएको जनाइएको छ ।

पार्टी हित बिपरीत काम गरेको भन्दै प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी ओलीले नेपालसहित चार नेताको पार्टी सदस्यता ६ महिनाका लागि निलम्बन गरेका छन् । तर नेपाल पक्षले देशभर समानान्तर कमिटी ठगन गरिसकेको छ ।

नेपाल शुक्रबार झापा पुगेर त्यहाँ पनि समानान्तर कमिटी बनाएर फर्के लगत्तै शनिबार बिहान प्रचण्डसँग भेट भएको हो ।

शुक्रबार कर्णाली प्रदेशमा मुख्यमन्त्री शाहीलाई नेपाल पक्षका ३ र ओली पक्षका एक प्रत्यक्ष निर्वाचित सांसदले पक्षमा मत दिएपछि शाहीको सत्ता जोगिएको थियो । आज प्रधानमन्त्रीलेले बढ्दो कोरोना संक्रमणलगायत पछिल्ला राजनीतिक अवस्थाका बारेमा छलफल गर्न सर्वदीय वैठक बोलाएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *