झिलझिले, ४ वैशाख–आफ्नो वडाभित्रका ८० वर्ष नाघेका जेष्ठ नागरिकहरुलाई झापाको झिलझिलेमा सम्मान गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित वडा कार्यालयले वडाभित्र बसोबास गर्ने ८० वर्ष पुगेका ८१ जना जेष्ठ नागरिकहरुलाई शुक्रबार झिलझिलेमा फलफूल, चियापानी र खिर ख्वाएर सम्मान गरिएको हो ।

वडा अध्यक्ष केहरसिंह वस्नेत र संघीय सांसद एलपी सावाँ लिम्बू र प्रदेश सांसद झलकसिंह दर्लामी मगरले जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर छातासहित सम्मान गरिएको हो ।

सम्मान कार्यक्रम पश्चात वडा अध्यक्ष बस्नेतले आफ्नो वडावासीहरुको खुशी र समृद्धिको निम्ति आफू निरन्तर लागिपरेको बताउनुभयो । वहाँले जेष्ठ नागरिकको जीवन, उनीहरुको सामाजिक योगदान र जेष्ठ नागरिकको स्वास्थ्यप्रति वडा कार्यालयले आगामी समयमा पनि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो ।

वडा कार्यालयको प्राङ्गणमा नवनिर्मित आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रमको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविरसहित रक्तदान समेत गरिएको वडा अध्यक्ष वस्नेतले जानकारी दिए । आधारभूत स्वास्थ्य केन्द्र भवनको समुद्घाटन संघीय सांसद सावाँ र प्रदेश सांसद दर्लामीले संयुुक्त रुपमा गर्नुभएको थियो ।

एक तलासहितको ट्रष्ट्र र जस्तापाताको तीन कोठे आधारभूत स्वास्थ्य केन्द्र भवनबाट वडावासीलाई स्वास्थ्य सम्बन्धी सेवाहरु उपलब्ध हुने वडा सचिव पुष्प पाण्डेले जानकारी दिनुभयो ।

कार्यक्रममा दमकस्थित कुलुङ आर्युवेद, आमा डेन्टल दमकले निःशुल्क स्वास्थ्य शिविर गरेका थिए । त्यस्तैं, सोही कार्यक्रममा वरिष्ठ फिजिसिय डाक्टरहरुद्धारा स्वास्थ्य परिक्षण र औषधी वितरण गरिएको थियो ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटी भद्रपुर शाखाको प्राविधिक सहयोगमा खुल्ला रक्तदान गरिएको वडा कार्यालयका कर्मचारी तथा सतासीधाम जेसिसका पुर्वअध्यक्ष कुमारसिंह सावाँले बताउनुभयो । सावाँका अनुसार रक्तदानमा ४५ प्रिन्ट रगत सङ्कलन भएको छ । ४५ प्रिन्ट रगतमा २८ जना पुरुष र १९ जना महिलाहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा प्रदेश सांसद दर्लामीले जनताबीचमा जनप्रतिनिधहरुले आफ्नो दायित्व र जिम्मेवारी वहन गरिरहन विकास निर्माणका कार्यक्रमहरुसँगै स्वास्थ्य, शिक्षा, रोजगार, सुरक्षा लगायतका सामाजिक क्रियाकलापमा समेत चोसो र सक्रियता देखाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडा नं ६ का वडा अध्यक्ष मनोज खुलाल कार्की, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) शिबसताक्षी नगर अध्यक्ष महेन्द्र भट्टराई, नेकपा एमालेका रोशन थोप्रा, नेपाली कांग्रेस शिबसताक्षीका सभापति पशुराम ढुंङ्गाना, सांसद दर्लामीका स्वकीय सचिव दुर्गा नेम्बाङ, नेकपा (माओवादी केन्द्र) का नगर सदस्य भुवन राई, एमाले निकट युवा संघ नेपाल शिबसताक्षी नगर सहसचिव सुजन भण्डारी, बुद्धिजिवी एबम् कम्युनिष्ट नेता रामचन्द्र दाहाल, नेत्र तिम्सिना लगायतका स्थानीय सामाजिक संघसंस्था, राजनीतिक पार्टीका प्रतिनिधिहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, वडाका जनप्रतिनिधिहरु, कर्मचारीहरुको उपस्थित थियो ।

 

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *