काठमाडौं, ६ वैशाख–नेकपा (माओवादी केन्द्र) ले स्थायी कमिटी बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजेका लागि डाकिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा समसामयिक विषयमा छलफल हुने उनले बताए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताउँदै आए पनि हालसम्म लिएको छैन । प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) ले नयाँ सरकारको विषयमा निर्णय नगर्दा अन्योल भएको माओवादी नेताहरु बताउँछन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *