काठमाडौँ ६ चैत–नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने र गराउन नेतृत्व गरेका ८ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बसेको बैठकले पार्टी अनुशासन विपरित गतिविधि गर्न नेतृत्वदायी भूमिका खेलेको भन्दै माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको अन्तिम चेतावनीयुक्त स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
यस्तै फ्लोर क्रस गर्ने प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मराज शाही र अमर थापालाई पनि स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए १० वैशाखमा बस्ने बैठकबाट कारबाही गर्ने एक नेताले जानकारी दिए ।
