दमक, ६ वैशाख–लुम्बिनी विकास बैंकले झापाको दमकसहित तीन स्थानका मुख्य शहरमा सोमबार तीन वटा शाखा सञ्चालनमा ल्याएको छ।
झापाको दमक, विर्तामोड र नवलपरासीको कावासोतीमा बैंकले नयाँ शाखा विस्तार गरेको हो । यो सँगै लुम्बिनी विकास बैंकका मुलुकभर ७० शाखा पुगेका छन्।
झापाको दमक–६ थाना लाईनस्थित कार्यालयमा एक कार्यक्रमकाबीच बैंकका सञ्चालक केशव खतिवडा र दमक–६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।
उद्घाटन कार्यक्रममा बैंकका सञ्चालक केशव खतिवडा, प्रताप कुमा आचार्य र कार्यकारी अधिकृत नरेशसिंह बोहरा, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएपी नवराज कार्की, दमकका व्यवसायी सेवक दाहाल लगायत बिशिष्ट व्याक्तिहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।
