काठमाडौं, ९ वैशाख–काठमाडौंलगायत देभका विभिन्न क्षेत्रमा आज बिहानैबाट पानी परिरहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा विहानैबाट पानी परिरहेको हो ।

“वर्षा हुने क्रम विस्तारै वाग्मतीबाट प्रदेश १ तर्फ गइरहेको छ । करिब ९ बजेसम्म काठमाडौंमा पानी पर्न छोडेर पूर्वतर्फ सर्नेछ,” मौसमविद् प्रतिभा मानन्धर भन्छिन्, “अन्य क्षेत्रमा सामान्य बदली रहेको छ । देशभर आज सामान्य वदली भइरहने छ ।”

आजदिनभर पानी पर्ने र बादल लाग्ने क्रम चलिरहने तर घाम भने नलाग्ने उनको भनाइ छ । आज रातिबाट क्रमशः मौसम खुल्दै जाने मौसमविद् मानन्धरको भनाइ छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *