काठमाडौं, ९ वैशाख–एमाले उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले वैशाख ६ गते सोधेको पत्रको स्पष्टीकरण दिएका छन्। उनले बिहीबार इमेलमार्फत् चार बुँदामा ओलीलाई स्पष्टीकरण दिएका हुन्।

उनले आफूले उपमहासचिव र संसदीय दलको हिसाबले पार्टी तथा संसदीय दलको विधानविपरीत कुनै काम नगरेको बताएका छन्।

उनले अदालतको फैसलापछि एमालेको पार्टी जीवन पुनस् आरम्भ गर्नुपर्ने वैधानिक, कानुनी, राजनीतिक र व्यवहारिक तथ्यलाई इन्कार गर्दै पार्टी विभाजन गर्न संगठित प्रयास भएपछि राष्ट्रिय कार्यकर्ता भेलाको नेतृत्व आफूले गरेको बताएका छन्।

चैत ४ र ५ गते माधव नेपाल समूहले काठमाडौंमा कार्यकर्ता भेला गरेको थियो। त्यसको नेतृत्वकर्तामध्ये भुसाल पनि थिए।

‘नेकपा एमालेको एकता बचाऔं र कम्युनिष्ट आन्दोलनको रक्षा गरौं भन्ने घोषित ध्येयका साथ राष्ट्रिय कार्यकर्ता भेला गरिएको हो,’ उनले स्पष्टीकरणमा भनेका छन्, ‘त्यो काम पार्टीको इतिहास, गौरव, विधि, मूल्यहरूको रक्षाको लागि गरिएको हो। मेरो त्यस सक्रियताले कसैका हितमा बाधा परेको छ भन्ने कुरामा मलाई चासो छैन। यसवापत व्यहोर्नुपर्ने कुनै पनि परिणामका लागि तयार छु।’

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *