पोखरा, ९ वैशाख–पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा बिहीबार नेपाल समूहको जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै झलनाथ खनालले उक्त आरोप लगाएका हुन्।

खनालले दक्षिणपन्थी धार समात्नेहरूले पार्टी नै ध्वस्त बनाउन खोजेको भन्दै अहिले प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी धारको नेतृत्व गरेको आरोप लगाए।

‘अहिले हामी कम्युनिष्ट पार्टीलाई दक्षिणपन्थीहरूबाट बचाउन लागिरहेका छौं,’ उनले भने, ‘बाहिरबाट हेर्दा यो लडाइँ पद र प्रतिष्ठाको लागि भनिए पनि खासमा हामी कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन चाहन्छौं।’

नेपाली कम्युनिष्ट आन्दोलनमा धेरैपटक उतार-चढाव आएको र पार्टी टुक्रिएको प्रसंग झिक्दै उनले भने, ‘अहिले हामीले नेतृत्व गरेको धारले मात्रै पार्टी बच्छ, कम्युनिष्ट आन्दोलन सशक्त बन्छ।’

पार्टी एकतावद्ध बनाउन प्रधानमन्त्री ओलीले नचाहेको समेत उनले आरोप लगाएको खनालको भनाइ उद्धृत गर्दै नेपाल समूहका कास्की अध्यक्ष धनराज अचार्यले बताए।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *