दमक, १० बैशाख–झापाको दमकमा आज सम्पन्न नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल महिला संघ (कान्तिकारी) दमक नगर कमिटिको भेलाले संगीता सेरेङ लिम्बूको अध्यक्षतामा नयाँँ नेतृत्व गठन गरेको छ । दमकस्थित माओवादी केन्द्र दमक नगर कार्यालयमा आयाजित कार्यक्रममा नेत्री सेरेङको अध्यक्षतामा ३१ सदस्सीय अखिल नेपाल महिला संघ (कान्तिकारी) दमक नगर कमिटि गठन गरिएको हो ।

माओवादी नेतृ धर्मशीला चापागाइँको प्रमुख आतिथ्यतामा शुक्रवार सम्पन्न नगर स्तरिय भेलाले कमिटीका सदस्यहरुमा तारा राई, एलिसा बर्देवा, पुष्पा लिम्बू, समिरा पोख्रेल, सुस्मा अधिकारी, शान्ति धिमाल, कल्पना तामाङ घिमिरे, हिमा श्रेष्ठ, देवी आङदेम्वे, सरस्वती नेपाल, बिष्णु धिमाल, अनिमा तामाङ, बिन्दु सिटौला लक्की, गोमा ढकाल, तारा राई, छमिला तामाङ, मिरा गौतम, ससिकला बन्जरा रहेकी छन् ।

त्यस्तै , सानू बस्नेत ,बिमला बिक, रुपमणी राई, सरु कार्की, कमला राई, बन्दना लिम्बू, लिला राय, कुमारी धिमाल, बिनिता फुयाल, सपना कालिकोटे र अनिता मल्लिक सदस्य चुनिएकी सो पार्टी जनाएको छ ।

नेकपाबाट माओवादी केन्द्र र नेकपा एमाले अलग-अलग भएपछि ती पार्टीहरुले आफना जनवर्गीय संगठनहरुको समेत पुर्नगठन गरिआएका छन् ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *