धरमपुर, १० वैशाख–दिनानुदिन बढ्दै गइरहेको भिडभाड र सहरीकरणसँगै झापाको धरमुर चौकमा बुधबारका दिन सञ्चालित धरमपुर हाँट-बजारलाई व्यवस्थापन गर्न बजार व्यवस्थापन समिति निरन्तर जुटिरहेको छ ।

शिबसताक्षी-१ धरमपुर चौकमा धरमपुर बजार व्यवस्थापन समितिको शुक्रबार बिहान सम्पन्न बैठकले धरमपुर हाँट बजारलाई व्यवस्थापन गर्न ४ देखी ५ कठ्ठा जमिन इच्छुक दाता मानुभावहरुसँग माग गर्ने निर्णय गरेको छ ।

धरमपुर चौकलाई मुख्य केन्द्र बनाएर पुर्व–पश्चिम र दक्षिणमा २ सय मिटरमा ४ देखी ५ कठ्ठासम्म जग्गा खोजिएको छौं, अध्यक्ष जोशीले भन्नुभयो । वहाँका अनुसार जग्गा दिन इच्छुकहरुले बजार व्यस्थापन समितिसँग सम्पर्क गर्न आग्रहसमेत आजको बैठकमा निर्णय भएको छ ।

इच्छुक महानुभावहरुले सम्पर्कका लागि अध्यक्ष लिलाकुमार जोशीः ९८०७९४४५४४ र रामुकार चेम्जोङः ९८४२७०८५८२ मा सम्पर्क गर्न बजार व्यवस्थापन समितिले सुचनामा उल्लेख गरेको छ ।

धरमपुर बजार २०७३ सालमा स्थापना भएको हो । बजार व्यवस्थापन समितिका अध्यक्ष लिला बहादुर जोशीको अनुसार बजारको आफ्नो जग्गा जमिन छैन् । बजारको जग्गा नहुदाँ धरमपुर चौकदेखी लक्ष्मीनारायण माध्यमिकतर्फ जोड्ने सडक र धरमपुर चौकदेखी मंगलबारे-पाराबारीतर्फ जोड्ने सडकको दायाँ-वायाँ फुटफाँटमा बजार लगाउदै आइरहेको अध्यक्ष जोशीले जानकारी गराउनुभयो ।

पुर्वपश्चिम लोकमार्गको धरमपुर चौकहुदै दक्षिणी क्षेत्र पाँचगाछी, बैगुनधुरा, शिबगञ्ज र माहाभारासम्म जोड्ने छोटो दुरीको सडकमा पर्दछ । यहि सडक भएर दैनिक छोटो दुरीका यात्रुवाहक सावारी साधन र अन्य मालबाहक सवारी साधनहरु सञ्चालन हुदै आइरहेकोले छ ।

सवारी साधनहरुको चाप र तीब्र शहरीकरणले धरमपुर चौकमा बुधबारका दिन हाँट बजार सञ्चालन गर्न कठिनाई उत्पन्न भएकोले बजार व्यवस्थापन गर्न जग्गा खोजी कार्य गरिएको अध्यक्ष जोशीले जानकारी गराउनुभयो ।

लामो समयदेखी सडकको फुटफाँटमा बजार लगाउदै आइरहेको कारण बुधबारका दिन धरमपुर चौक अस्तव्यस्त बन्दै गएको बजार व्यवस्थापन समितिका सल्लाहकार संयोजक चन्द्रवीर नेम्बाङले बताउनुभयो ।

छोटो समयमै धरमपुर बजारमा व्यवसायीहरुको आर्कषण बढ्नु र बजारमा हाँट बजार भर्नेहरुको बढ्दो आगमनले पुरानै अवस्थामा बजार सञ्चालन गर्न सम्भव छैन, नेम्बाङले भन्नुभयो ।

वहाँका अनुसार बजारको अवस्था राम्रो छ, बजारलाई व्यवस्थापन गर्दै पछिल्लो समय मासु र मदिरा जन्य व्यवसायसँगै खसी, बोका, गाई, गोरु, रागाँ, भैसी, कुखुरा र सुगुरलाई धरमपुर चौकदेखी पुर्वतर्फ राखिएको र फुलफुल, तरकारी, खाद्ययसामाग्रीहरु र कपडा जन्य सामाग्रीहरुलाई चौकदेखी पश्चिमतर्फ राखिएको छ ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *