धरमपुर, ११ वैशाख–नेकपा (एमाले) झापाका नेता, सहकारी अभियान्ता घनश्याम अधिकारीका पिता चन्द्रप्रसाद अधिकारीको शनिबार विहान निधन भएको छ । ६७ वर्षिय चन्द्रप्रसाद अधिकारी शनिबार, झापा शिबसताक्षी–३ दिङलाधापस्थित आफ्नै निवासमा बिहान सौच गर्नेक्रममा सौचालयभित्र लढेका थिए ।
सो क्रममा परिवारले चन्द्रप्रसाद अधिकारीलाई अचेत अवस्थामा सौचालयभित्र फेला पारेपछि उपचारको निम्ति अस्पतालतर्फ लैजाने क्रममा निधन भएको परिवार स्रोतले जानकारी दिएको हो ।
चन्द्रप्रसाद अधिकारीको आजै शिबसताक्षी–१० माइधारस्थित कनकाई घाटमा हिन्दु परमपुरा अनुसार अन्येष्टी गरिएको छ ।
चन्द्रप्रसाद अधिकारी २०११ सालमा ताप्लेजुङ जिल्लाको थेचम्बुमा माता विष्णुमाया र पिता नन्दलालको साहिलो पुत्रको रुपमा जन्म भएको हो । अधिकारी परिवार २०२९ सालमा ताप्लेजुङबाट झापा बसाई आएका हुन् ।
चन्द्रप्रसादका तीन छोरा र तीन छोरीहरु छन् । जेठा छोरा घनश्याम भद्रपुरमा परिवारसहित बसोबास गरिरहेका छन् । माइला छोरा योगेश र कान्छा छोरा दिपेश दिङलाधापस्थित घरैमा बसोबास गरिरहेका छन् ।
योगेश धरमपुर चौकस्थित एक सहकारी संस्थामा कार्यरत छन् भने दिपेश अध्ययनको शिलशिलामा हालः काठमाण्डौमा छन् । त्यस्तैं, चन्द्रप्रसाद अधिकारीका तीनै जना छोरीहरु (तारा, गोमा र सुमित्रा) को बिबाह भइसेको छ ।
चन्द्रप्रसादका श्रीमती हुनुहुन्छ भने चार जना नाति र एक नातिनी छन् ।
