काठमाडौं, १२ वैशाख–कोभिड संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले पाँचसय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा १५ गतेदेखि निषेधाज्ञाको तयारी गरेको छ ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले दिएको जानकारीअनुसार १५ गतेदेखि निषेधाज्ञा गर्नुपर्ने निष्कर्ष सीसीएमसीले निकालेको छ । बाँकेमा जस्तै स्थानीय प्रशासन (डीसीसीएमसी) लाई यो कार्यान्वयनको जिम्मा दिने सीसीएमसीको तयारी छ ।
आज बसेको सीसीएमसीको बैठकले यस्तो तयारी गरेको उनले जानकारी दिए ।
