सुनसरी, १३ बैसाख–कोरोना भाइरस संक्रमणबाट सुनसरीको धरान र कैलालीमा थप दुई जनाको ज्यान गएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

धनुषाको जनकपुर उपमहानगरपालिका–८ का ४८ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान सवा ७ बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा चूडामणि पोखरेलकाअनुसार उच्च रक्तचापका बिरामी ती पुरुष वैशाख ९ गते प्रतिष्ठानमा भर्ना भएका थिए । वैशाख १० गते उनलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो ।

यस्तै कैलालीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताए । आइतबार बिहान पनि सेती अस्पतालमै उपचाररत गोदावरी नगरपालिकाका एक जना संक्रमितको मृत्युु भएको थियो ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *