काठमाडौं, १३ वैशाख–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संकट समाधानमा सरकारलाई गम्भीर भएर लाग्न आग्रह गरेका छन्।

परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु अपनाउन देउवाले सरकारसँग माग गरेका हुन्।

सोमबार विज्ञप्ति जारी गर्दै देउवाले परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपायहरु गर्न सरकारसँग माग गरेका हुन्।

‘संक्रमितहरुको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरुको उपलब्धता र स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु’ देउवाले विज्ञप्तिमा भनेका छन्।

कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको भन्दै यसतर्फ सरकार समयमै गम्भीर नहुनाले खोपको समूचित व्यवस्थापन हुन नसकेको देउवाको आरोप छ।

देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझैं ठूलो संख्यामा खोपको आवश्यकता रहेको भन्दै देउवाले चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कुटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गरेका छन्।

देउवाले कोभिड–१९ बाट सुरक्षित हुन अनिवार्य मास्कलगायत सुरक्षा व्यवस्था र संक्रमण रोकथामका लागि आवश्यक अन्य स्वास्थ्य सुरक्षा प्रोटोकलको अनुशरण गर्न अनुरोधसमेत गरेका छन्।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *