धरमपुर, १३ वैशाख–दक्षिणी झापाको गौरिगञ्ज–१ महाभारामा कृषि उपज बैंक बन्ने भएको छ । कृषकहरुले उत्पादन गरेका कृषि उपजलाई व्वस्थापन गर्न प्रदेश सरकारको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र महाभारा साना किसान कृषि सहकारी संस्थाको संयुत्त लगानीमा कृषि उपज बैंक बन्ने भएको हो ।
प्रदेश सांसद एबम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्दं्र) का नेता झलकसिह दर्लामी मगरका स्वकीय सचिव दुर्गा नेम्बाङका अनुसार कृषि उपज बैंकको आज शिलान्यास भएको छ । प्रदेश सरकार अन्तर्गत भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको रु ७५ लाख र महाभारा साना किसान कृषि सहकारी संस्थाको रु ७५ लाख गरी कुल एक करोड ४६ लाखको लागतमा कृषि उपज बन्ने भएको हो ।
कृषि उपज बैंक निर्माण भएसँगै दक्षिणी क्षेत्रका स्थानीयवासीहरुले उत्पादन गरेका हरियो साग सब्जि, तरकारी, फलफूल लगायतका उपजलाई भण्डारण गर्न र सो उपजलाई बजारीकरण गर्न सहज हुने सांसद दर्लामीका स्वकीय सचिव नेम्बाङले बताउनुभयो ।
