धरमपुर, १३ वैशाख–झापाको शिबसताक्षी-९ मा अवस्थित धार्मीक तथा पर्यटकीयस्थल चिल्लागढधाम जोड्ने सडक कालोपत्रे हुने भएको छ । सो सडकको आज एक कार्यक्रमकाबीच झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य एलपी सावाँ लिम्बूले शिलान्यास गर्नुभएको छ ।
पुर्वपश्चिम लोकमार्गमा पर्ने शिबसताक्षी–९ को मिलन चौकदेखी दक्षिणमा अवस्थित चिल्लागढधामसम्म जोड्ने सडकलाई कालोपत्रे गरिने भएको हो । संघीय सरकारको शहरी विकास मन्त्रालयबाट रु ५० लाखको लागतमा यस आर्थिक बर्षमा कालोपत्रे गरिने भएको नेकपा एमाले शिबसताक्षीका युवा नेता रोशन थोप्राले जानकारी गराउनुभयो ।
शिलान्यास समारोहमा संघीय सांसद सावाँ, पूर्वसांसद एबम् एमाले झापाका नेता तारासम योङया, वडाध्यक्ष छविलाल पाठक, नेकपा एमालेका नेता धनबहादुर थेबे, राजिव घिमिरे, युवा नेता सुजन भण्डारी लगायतका नेताहरुको उपस्थिति रहेको नेता थोप्राले बताउनुभयो ।
