दमक, १४ वैशाख–झापाको कमल–३ केर्खास्थित शहिद धर्मभक्त माध्यामिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव स्तम्भको अनावरण ,अक्षयकोष छात्रवृत्ति वितरण र शिक्षकलाई सम्मान तथा विदाई गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथी १ नम्वर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले विद्यालयले निर्माण गरेको स्वर्ण महोत्सव स्तम्भको अनावरण गरेका छन् । त्यस्तै उनले विद्यालयमा कार्यरत शिक्षक मध्ये अनिवार्य अवकाश भएका शिक्षकलाई सम्मान तथा विदाई र अक्षयकोष आत्रवृति वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक मध्ये अनिवार्य अवकाश भएका शिक्षक नारायाणप्रसाद गौतम, रामकुमार राई, लक्ष्मीदेवी भट्टराई, विष्णुकुमारी रिजाल, विष्णुकुमारी राई र नेत्रप्रसाद पराजुलीलाई कदर पत्रद्वारा सम्मान तथा विदाई गरिएको थियो ।

त्यसैगरी, कार्यक्रममा भगवतास्मृति अक्षयकोषबाट कक्षा १२ मा अध्ययनरत छात्र दिलिपराज खजुम र छात्रा भुमिका विशुङ्खे तथा तेज बहादुर खापुङ स्मृति अक्षयकोषबाट कक्षा ८ मा अध्ययनरत छात्र दिपेश वास्तोला, प्रदिप बजगाई तथा छात्रतर्फ जानुका गौतम र आस्था पोख्रेल र २०७६ सालको एसईईमा उत्कृष्ट हुने छात्र सुदिप अधिकारी र छात्रा शुभेच्छा भण्डारी लाई छात्रबृत्ती प्रदान गरिएको थियो ।

कार्यक्रममा रामकुमार गोमादेवी दङ्गाल अक्षयकोषबाट कक्षा १ मा अध्ययनरत छात्र प्रतिक लिम्वु र छात्रा पजना लिम्बु तथा रुद्रप्रसाद चापागाई स्मृति अक्षयकोषबाट कथा १० मा अध्ययनरत छात्र समिर मगर र छात्र नम्रता धिताललाई छात्रवृत्ति वितरण गरिएको विद्यालयका सहायक प्रध्यानाध्यापक ओमप्रकास खड्काले जानकारी दिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितकिा अध्यक्ष चक्रबहादुर गुरुङ्ग र श्रीमती मामता गुरुङ्ग तथा सदस्य लेखनाथ खतिवडा र श्रीमती रेनुका खतिवडाको तर्फबाट विद्यालयमा अध्ययनरत कक्षा नर्सरी देखी कक्षा पाँच सम्मका विद्यार्थीहरुलाई पोषाक वितरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चक्र बहादर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई सहायक प्रध्यानाध्यापक मधुसुधन अधिकारीले सञ्चालन गरेका थिए भने विद्यालयका प्रध्यानाध्यापक काजिमान पौडेलले शुभकामना सहित कार्यक्रमको औचित्य माथि प्रकास पारेका थिए ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *