काठमाडौँ, १४ वैशाख–नेपालमा आज ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कूल संख्या ३ लाख ७ हजार ९२५ जना पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ जना रहेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ४ हजार ३६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५५५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७८ हजार ५०६ पुगेको छ।
आज १८ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या ३ हजार १९४ पुगेको छ। नेपालमा हालसम्म २४ लाख ३२ हजार ८९ जनाको पीसीआर परीक्षण गरिएको छ। आज १५ हजार ६८१ को परीक्षण गरिएको छ।
