दमक १५ बैशाख–झापाकपो दमकस्थित लाईफलाईन अस्पतालमा मिगौला विरामीका लागि डाईलोसिस शुरु गरिएको छ । अस्पतालले आज पहिलो पटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको जनाएको छ ।
केहि समय अघि रोटरी क्लब दमकले लाईफलाईन अस्पताललाई करिब ८० लाख मूल्य बराबरमा चार वटा डाईलोसिस मेशिन सहितका अन्य उपकरणहरु अस्पताललाई हस्तान्तरण गरेको क्लबका निवर्तमान अध्यक्ष सन्दिप चापागाईले जानकारी दिए । क्लबले उपलब्ध गराएको मेशिनबाट आज पहिलो पटक परीक्षणका रुपमा एक जना विरामीको डाईलोसिस गरिएको उनले बताए ।
मेशिन सञ्चालनका लागि सम्पूर्ण तयारी पुरा भइसकेको र यहि बैशाख महिना भित्रैबाट नियमित रुपमा डाईलोसिस सेवा सञ्चालनमा आउने चाँपागाईले बताए ।
यसअघिसम्म, दमक लगायत आसपासका क्षेत्रका जटिल प्रकृतीका विरामीहरुले यो सेवा लिन बिर्तामोड, चन्द्रगढी, विराटनर, धरान जानुपर्ने बाध्यता रहिआएको थियो । अब दमकबाटनै डाईलोसिस सेवा सञ्चालनमा आउने भएपछि विरामीले जोखिम मोलेर अन्यत्र जानुपर्ने बाध्यताको चाँडै अन्त्य हुने भएको छ ।

